अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७ | Colorodo: 22:02

सरकारले एकैदिन गर्यो ३ सय ९६ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५९ मा प्रकाशित

देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि आज एकैदिन अस्पताल भवनको शिलान्यास गरिएको छ । स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ ३ सय ९६ वटा अस्पताल भवनको शिलान्यास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३ सय ९६ पालिकामा पाँच देखि पन्ध्र शैयाको अस्पताल बनाउन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ८६ पालिकामा, प्रदेश २ मा ५३ पालिकामा, बागमती प्रदेशमा ५१ पालिका, गण्डकी प्रदेशमा ५३ पालिका, लुम्बिनी प्रदेशमा ५७ पालिका, कर्णाली प्रदेशमा ४२ पालिका र सुदूरपश्चिम प्रदेशमा ५४ पालिकामा अस्पताल बनाउनका लागि एकैसाथ शिलान्यास गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू