अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

नेकपा कुनैपनि हालतमा फुट्दैन – वरिष्ठ नेता खनाल

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५८ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकामा निर्माण हुने अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रममा खनालले नेकपा कुनैपनि हालतमा नफूट्ने बताउनुभएको हो ।

‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडीबाट अघिबढिरहेको छ’, अन्तर्संघर्षहरू भएका छन्, आन्तरिक बहस चलिरहेका छन्’, खनालले भन्नुभयो, ‘अन्तर्संघर्ष र बहसबाट समस्या समाधान गराएर देशलाई तीव्र विकासमा लैजान सकिन्छ’, बहस र छलफलबाट समस्या समाधान गर्दा पार्टी झन् बलियो बन्ने भएकाले नेता र कार्यकर्ता पार्टीको नीति नियम अनुसार अघिबढ्नु जरूरी छ।’, कतिपय नेताको सोच र दृष्टिमा भिन्नता भएकाले पार्टीमा केही समस्या आएको भन्दै खनालले भन्नुभयो, ‘७१ वर्षको संर्घषले बनेको नेकपालाई समृद्ध बनाई सरकारलाई लोकप्रिय बनाउन लाग्नुपर्छ ।’

‘यो सरकारले नयाँ कामको थालनी गरेको छ’, फरक प्रसंगमा खनालले भन्नुभयो, ‘देशका सबै पालिकामा स्वास्थ्य पूर्वाधारको विस्तार गर्न महत्वपूर्ण कदम चालेर वर्तमान सरकारले नयाँ कामको थालनी गरेको छ ।’‘विश्वमा महामारीका रुपमा कोभिड १९ फैलिरहेको बेला देश व्यापी रुपमा अस्पताल निर्माणको सुरूवात हुनुले स्वास्थ्य क्षेत्रको विकास भएको छ‘, खनालले भन्नुभयो, कोरोना संक्रमणबाट बच्नका लागि सबैले स्वास्थ्य मापदण्डको पालना गर्नु जरूरी छ ।’

खनालले भन्नुभयो, ‘स्वास्थ्य, शिक्षा सबैभन्दा ठूलो सम्पति हो यसको विकासले सूखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्ने हुँदा यसको विकाससँगै गाउँ गाउँमा सडक र विजुली पुर्याउनु जरूरी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू