अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

न्युजिल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५३ मा प्रकाशित

न्युजिल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ । न्युजिल्याण्डको वे ओभलमा पहिले ब्याटिङ थालेको वेस्ट इण्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो ।

टी–२० शृङ्खलामा न्युजिल्याण्ड २–० ले यसअघि नै जितिसकेको छ । न्युजिल्याण्ड पहिलो खेलमा पाँच विकेटले र दोस्रो खेलमा ७२ रनले विजयी भएको थियो । यी दुई देशबीच आउँदो बिहीबारदेखि दुई खेलको टेस्ट शृङ्खला सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू