अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग जोड्ने गल्ती नगरौंः डा भट्टराई

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५१ मा प्रकाशित

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गर्नुभएको छ । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उहाँले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गनुृभयो ।

चिनियाँ रक्षामन्त्री फेङ्हे आइतबार नेपालको एकदिने भ्रमणमा आउनुभएको थियो । रिपोर्टस क्लबमा भएको साक्षत्कारमा डा. भट्टराईले छिमेकीहरुसँग नेपालको सम्पन्ध जहिलेपनि स्वतन्त्र हुने उल्लेख गर्दै त्यसलाई तेस्रो मुलुकसँग जोड्ने गल्ती गर्न नहुने बताउनुभयो । डा. भट्टराईले नेपाली सेनालाई वार्षिक रुपमा चीनले दिँदै आएको सहयोगको निरन्तरता बाहेक अन्य कुनै गतिविधि नभएको उल्लेख गर्नुभयो ।

उहाँले भारतसँग सीमा विवाद लगायतका विषयमा परराष्ट्रमन्त्री स्तरिय जोइन्ट कमिसनको बैठक डिसेम्बर महिनाभित्र नै सम्पन्न हुने पनि बताउनुभयो । पार्टीभित्र देखिएको विवाद समाधानका लागि सम्बन्धित कमिटीहरुमा छलफल गरी टुंगोमा पुग्नुपर्ने भट्टराईृको भनाई थियो ।

कार्यक्रममा पूर्व रक्षामन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले चीन र भारत दुबै देशलाई सँगै लिएर नेपालले आफ्नो हितका लागि काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । नागरिक अगुवा सुन्दरमणि दिक्षितले नेपालका राजनीतिक दल र नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा देशको हितका लागि सोचेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू