अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

काठमाण्डौंको बाटोमा भेटियो २ लाख ३५ हजार रुपैयाँ, प्रमाणसहित सम्पर्क गर्न प्रहरीको अनुरोध

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:४९ मा प्रकाशित

ललितपुरको महालक्ष्मीस्थान चोकमा २ लाख ३५ हजार रुपैयाँ भेटिएको छ ।चोकमा भेटिएको पैसासँगै चितवन गर्दी(२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाले सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ ।

रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू