अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

पोखरामा ४ कोरोना संक्रमितको निधन

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:४० मा प्रकाशित

कास्कीको पोखरामा उपचाररत् थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गण्डकी स्वास्थ्य निर्देशनालका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना र चरक मेमोरिय अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ।

यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै मृत्यु भएको छ। यसै गरी स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको निर्देशनालयले जनाएको छ।

यस्तै पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको निर्देशनालयले विज्ञप्ती निकालेर जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू