अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

विश्वभर ४ करोड ३६ लाख ८३ हजार ९ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:३७ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ३६ लाख ८३ हजार ९ सय ९६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड ३१ लाख ७५ हजार २ सय ३४ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ६७ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ८० लाख २४ हजार ८६ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ५ हजार १ सय ९४ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ७९ लाख १८ हजार ८ सय ९२ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ३७ लाख ५१ हजार ३ सय ३७ जना संक्रमित भएका छन् भने २ लाख ७३ हजार १ सय जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९४ लाख ३३ हजार १ सय ४३ जना संक्रमित हुँदा १ लाख ३७ हजार १ सय ८५ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६३ लाख १४ हजार ७ सय ४० जना संक्रमित भएका छन् भने १ लाख ७२ हजार ८ सय ४८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू