अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

नेपाली युवा सञ्जीवलाई डेनमार्कमा एक लाख क्रोनरको छात्रवृत्ति

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:२७ मा प्रकाशित

नेपाली युवा सञ्जीव गिरीले डेनमार्कमा एक लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ बराबरको छात्रवृत्ति पुरस्कार पाएका छन् । प्रत्येक वर्ष डेनमार्कको प्रख्यात संस्था एपी मुलर फाउन्डेन्सले प्रशिक्षार्थीलाई प्रदान गर्ने छात्रवृत्ति यस वर्ष नेपाली युवा सञ्जीव गिरीले जितेका हुन् । माग भएको छात्रवृत्तिमा आवेदन दिँदै सहभागी गिरीले १ लाख डेनिस क्रोनर अर्थात् १९ लाख नेपाली रुपैयाँ पाएका छन् ।

यस वर्षलाई संस्थाले दुई विधामा सर्वोकृष्ट हुनेलाई पुरस्कृत गरेको थियो । बेकरी विधामा गिरीले पाए । अर्को विधामा भने होम पेन्टिङमा उत्कृष्ट हुनेलाई दिइयो । सञ्जीवले अन्तिम परीक्षामा उत्कृठ अंक प्राप्त गदै रजत पदक पाए । यो पुरस्कार पाउने डेनमार्कमा कार्यरत नेपालीमध्ये गिरी पहिलो व्यक्ति हुन् । उनले पाएको छात्रवृत्तिको रकमले युरोपकै फ्रान्समा गएर थप अध्ययन गर्ने बताएका छन् । फ्रान्स बेकरीमा विश्व प्रख्यात छ ।

सावर डो ब्रेडको बारेमा एवं अर्टिसियन बेकिङको तालिम लिने र त्यहाँबाट सिकेको सीप डेनमार्क तथा स्वदेशमै उपयोग गर्ने र चाँडै नै नेपालमा बेकरी स्कुल सञ्चालन गर्ने गिरीले बताए । काठमाडौंको नागार्जुन नरपालिका रामकोटका गिरी जेड.बी.सी रिङ्गस्टेडमा अध्ययन गर्दै टिवोलीको निम्ब र एन्डरसन बेकरीमा काम गर्दै २०१९ मा बेकरीमा स्नातक गरेका छन् । उनी हाल डेनमार्कको राजधानी कोपन हेगन एन्डरसन बेकरीमा २०१० देखि मास्टर बेकरको रुपमा काम गरिरहेका छन् ।

डेनमार्कमा नेपाली बेकरहरुको संख्या नगन्य मात्रै रहेको छ । एन्डरसन बेकरी जापानमा सन् १९५९ मा स्थापना भएको हो । २००८ मा यो कम्पनी डेनमार्कमा स्थापना भएको हो । यो बेकरी हाल विश्वभर फैलिएको छ भने डेनमार्कको टप टेन बेकरीको रुपमा परिचित छ । कोरोनाका कारण यस वर्ष डेनर्माकी महारानीबाट पाउने रजत पदक भने अर्को वर्षको मार्चमा प्रदान गरिने छ । पुरस्कार रकम र प्रमाण प्रदान गरिसकेको छ । गिरी बेकरी सम्बन्धी उच्च शिक्षा अध्ययन गर्न सन् २०१० मा डेनमार्क पुगेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू