अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५७ | Colorodo: 09:12

कांग्रेसले सुरु गर्यो रक्तदान अभियान

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:२६ मा प्रकाशित

कोरोना महामारीका कारण देशभर रगत अभाव देखिएसंगै नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले देशव्यापी रक्तदान अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभागले आइतबार काठमाडौंको गोठाटारमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

खेलकुद विभाग एंव रक्तदान अभियानका संयोजक मोहनबहादुर बस्नेतले जनस्वास्थ्यको सवालमा सरकार उदासिन भईरहेको अवस्थामा बिरामीले रगत अभावकै कारण ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले अभियान सञ्चालन गरेको बताउनुभयो ।

यसअघि विभागले काभ्रे, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, बाँकेको नेपालगञ्ज लगायतका ठाउँमा रक्तदान अभियान सञ्चालन गरिसकेको छ भने झापा, सुर्खेत लगायतका अन्य स्थानमा पनि अभियान सञ्चालन गर्ने तयारी छ । रक्तदान अभियान देशका विभिन्न जिल्लामा मंसिर १५ गतेसम्म चल्ने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू