अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:२२ मा प्रकाशित

एक दिनको नेपाल भ्रमणमा आउनुभएका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले भद्रकालीस्थिति नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरिक्षण गर्नुभएको छ ।निरीक्षणका क्रममा रक्षामन्त्री वेइको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेको छ ।जंगी अड्डामा रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासंग द्धिपक्षीय वार्ता गर्नुभएको छ ।

द्धिपक्षीय वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच सामुहिक छलफल पनि भएको छ ।आइतबार बिहान ११ बजे काठमाडौं आईपुग्नुभएका रक्षामन्त्री वेइलाई गृहमन्त्री रामबहादुर थापालगायत उच्चअधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै रक्षामन्त्री वेइले चीन र नेपालका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका तहमा भएका द्धिपक्षीय समझादारी कार्यान्वयनका सिलसिलामा आफु नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ ।उहाँले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्याउन आफ्नो भ्रमणको उदेश्य भएको प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू