अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

सिड्नीमा गएरातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढी

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१९ मा प्रकाशित

अस्ट्रेलियाको सिड्नीमा गएरातिको तापक्रम नोभेम्बर महिनाकै सबैभन्दा बढि मापन गरिएको छ ।शनिबार राति सिड्नीको तापक्रम २५ दशमलब ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।आइतबार दिउँसोको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

तापक्रम बढ्दै जाँदा न्यू साउथ वेल्स राज्यले पूर्वी र उत्तरपूर्वका अधिकांश क्षेत्रमा आगो बाल्न प्रतिबन्ध लगाएको छ । न्यू साउथ वेल्स र दक्षिपूर्वी क्विन्स्ल्याण्डमा पांच छ दिन तातो हावा बहने मौसम विभागको अनुमान छ ।

सिड्नीसहित अस्ट्रेलियाका अरु क्षेत्रमा पनि तापक्रम बढेको छ । दक्षिण अस्ट्रेलिया तथा भिक्टोरियामा तापक्रम बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू