अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५३ | Colorodo: 01:08

प्रिमियर लिगमा बर्न्लेमाथि म्यान्चेस्टर सिटीको फराकिलो जित

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१६ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिरभपुललाई ब्राइटनले १–१ गोलको बराबरीमा रोकेको छ ।ब्राइटनको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिरभपुलका डिएगो योटाले पहिलो गोल गरे ।अन्तिम मिनेटमा ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काउदै खेललाई बराबरीमा पुर्याए ।

यो खेलमा लिरभपुलका स्टार खेलाडिहरु मोहोमद सालाह र सािदयो मानेले दुई वटा पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए । प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर सिटीले बर्न्लेमाथि ५–० को फराकिलो जित निकाल्यो । सिटीको जितमा रियाद माहारेजको ह्याट्रिक तथा बेन्जामिन मेन्डी र फेरान टोरेसको एक एक गोल सामेल थियो ।

गएराति नैं लिड्स युनाईटेडले एभर्टनलाई १–० ले हराउँदा वेष्ट ब्रोमले शेफिल्ड युनाईटेडलाई १–० ले पराजित गर्यो । जारी लिगमा वेष्ट ब्रोमको यो पहिलो जित हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू