अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

विश्वभर ४ करोड ३३ लाख १२ हजार ३ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१३ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड ३३ लाख १२ हजार ३ सय ६ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड २६ लाख ९३ हजार ४ सय ६१ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ६० हजार ५ सय ८९ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ७९ लाख २० हजार ५ सय ६६ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ५ हजार २ सय ७१ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ७८ लाख १५ हजार २ सय ९५ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ३६ लाख १० हजार ३ सय ५७ जना संक्रमित भएका छन् भने २ लाख ७२ हजार २ सय ५४ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९३ लाख ९३ हजार ३९ जना संक्रमित हुँदा १ लाख ३६ हजार ७ सय ३३ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६२ लाख ९० हजार २ सय ७२ जना संक्रमित भएका छन् भने १ लाख ७२ हजार ६ सय ३७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू