अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

अफगानिस्तानमा आत्मघाती कार बम आक्रमण, कम्तीमा ३० सुरक्षाकर्मीको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१२ मा प्रकाशित

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा परी कम्तीमा ३० जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ ।आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो । पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले ३० जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा लगिएको जानकारी दिएको छ . उहाँले मृतक एवं घाइतेहरु सबै सैनिक रहेको बताउनुभयो । घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गर्नुभएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक अरियनले घाज्नीमा एक व्यक्तिले विस्फोटक पदार्थले भरिएको सवारी साधन सैनिक शिविरभित्र विस्फोट गराएको जानकारी दिनुभयो ।तर उहाँले के कति सैनिकको मृत्यु भयो भन्ने बारेमा केही बताउन चाहनु भएन । उक्त आक्रमणको कुनै समूहले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू