अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

कैलाश एयरको हेलिकोप्टर चरासँग ठोक्कियो, आकस्मिक अवतरण, यात्रु सकुशल

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१२ मा प्रकाशित

कैलाश एयरको हेलिकोप्टर चरासँग ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । बागलुङबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर चरासँग ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको बताइएको हो ।आकस्मिक अवतरण गरेर ठूलो दुर्घटनाबाट बचेको बागमती प्रदेशका डीआइजी वसन्त लामाले जानकारी दिनुभयो ।

हेलिकोप्टरमा सवार ६ जना नै सकुशल रहेको तथा एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको लामाले बताउनुभयो । हेलिकोप्टरमा सामान्य क्षति पुगेको लामाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू