अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५६ | Colorodo: 17:11

सेयर बजारमा नयाँ रेकर्ड, आज एकैदिन ९ अर्बको कारोबार

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:१० मा प्रकाशित

शेयर बजारले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । आज पनि बजार परिसूचक र कारोबार दुवैमा कीर्तिमान कायम भएको छ । बजार परिसूचक नेप्से ७५ अंकले उकालो लागेर १ हजार ९ सय ६८ मा पुगेको छ ।यो हालसम्मकै उच्च हो । विहीबार १ हजार ८ सय ८१ को रेकर्ड कायम भएको थियो ।यस्तै, कारोबारमा पनि उछाल आएको छ ।

आज नेपाल स्टक एक्सचेन्जमा सवा ९ अर्बको उच्च कारोबार भएको छ ।बैंकिङ र जीवन बीमा समूहमा उच्च बृद्धि आएसंगै नेप्से उचालिएको हो ।जीवन बीमा समूहमा सबैभन्दा उच्च २ सय ४५ अंकको बृद्धि आएको छ । विकास बैंक समूह १ सय ७२ अंक अनि वाणिज्य बैंक समूहमा पनि १ सय १२ अंकको बृद्धि आएको छ ।

जलविद्युत र वित्त समूह पनि दोहोरो अंकले उकालो लागेको छ । निर्जीबन बीमा, उत्पादनमूलक, व्यापार र होटल समूह भने ओरालो लागेको छ । आज लगानीकर्ताहरु बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् ।बैंकहरुको शेयरमा खरीदचाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरुको शेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ ।
आन नेपाल स्टक एक्चसचेन्जमा २ सय कम्पनीको २ करोड ५९ लाख बढी कित्ता शेयर ९ अर्ब २२ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू