अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

“बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनैपनि अध्यक्षलाई अधिकार छैन”– नेकपा नेता गौतम

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:०४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बामदेव गौतमले पार्टीको विधान बमोजिम बैठक बस्नुपर्ने र बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्ष अधिकार नभएको धारणा राख्नुभएको छ । आज आज आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै गौतमले बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले नपाईने बताउनुभयो ।

पार्टी विधानमा आवश्यकता बमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्ने उहाँको भनाई छ । उपाध्यक्ष गौतमले महासचिब विष्णु पौडेलतर्फ इङ्गित गर्दै बैठक व्यवस्थापनसित सम्बन्धित विषयमा पनि विवेक पुर्याउन नसक्दा पार्टीमा ठूलो समस्या पैदा भएको र बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिन नहुने स्पष्ट पार्नुभयो ।

हिजो सम्पन्न सचिवालय बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नुहुने दुवै अध्यक्षलाई गौतमले धन्यवाद दिनुभएको छ । उपाध्यक्ष गौतमले पार्टी बाहिर छरिएका विचारहरु बैठकमार्फत पार्टीमा भित्रिएकाले अब चाहेमा समस्या समाधान गर्न सकिने धारणा पनि राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू