अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१२ | Colorodo: 16:27

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५५ संक्रमित, १ हजार ४ सय ४ संक्रमणमुक्त, २५ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १४ गते ७:०२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार २ सय ५५ जना संक्रमित थपिएका हुन् ।यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

आज १ हजार ४ सय ४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ । देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्युु हुनेको संख्या १ हजार ४ सय ७९ जना पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू