अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:४६ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।सन्दीपले सामाजिक संजाल माफर्त आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका छन् ।उनले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको पनि बताएका छन् ।

सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए । यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो । उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् । ११ गतेबाट नेपाली राष्ट्रिय क्रिकेट टीमको बन्द प्रशिक्षण सुरु भएको छ ।

प्रतिक्रिया