अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२८ | Colorodo: 09:43

अफगानिस्तानमा कैदीबन्दी हत्याको आरोप लागेका अष्ट्रेलियाका १० जना सैनिक बर्खास्त

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:४५ मा प्रकाशित

अष्ट्रेलियाले अफगान नागरिकको हत्याको आरोप लागेका आफ्ना सैनिकमाथि कारवाहीका लागि अनुसन्धान सुरु गरेको जनाएको छ ।गतहप्ता मात्र अफगानिस्तानमा तैनाथ अष्ट्रेलियाको सुरक्षा फौजले गत वर्ष त्यहाँका नागरिकको हत्याका लागि सहयोग गरेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

सोही प्रतिवेदनका आधारमा घटनाको बारेमा थप छाननिवका लागि भन्दै अष्ट्रेलियाले आरोप लागेका १० जना सैनिकलाई वर्खास्त गरेर अनुसन्धानका लागि सहयोग गरेको जनाएको छ ।आफ्ना सैनिक अधिकारीहरुविरुद्ध हत्याको आरोप लागेसँगै अष्ट्रेलियाली प्रधानमन्त्री तथा उच्च सैनिक अधिकारीहरुले माफीसमेत मागेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनामा संलग्न भएको आरोपमा दुई जना सैनिक यसअघि नै बर्खास्त भइसकेको समाचारमा जनाइएको छ ।उक्त प्रतिवेदनमा अफगान कैदीहरुको हत्यामा अष्ट्रेलियाका सैनिकहरुले नै सहयोग गरेको दावी गरिएको छ ।

प्रतिवेदनअनुसार २५ वटा घटनामा २ विशेष सुरक्षा फोर्सको संलग्नता रहेको औंल्याइएको छ । यस वर्षको सुरुमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तानमा द्वन्द्वमा विदेशी सेनाले गरेको युद्ध अपराधको बारेमा छानविन सुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू