अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

उद्योग वाणिज्य महासंघको मतगणना सुरु

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:४४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघको मतदान कार्य सकिएको छ। निर्वाचन समितिले महासंघको ५४ औँ वार्षिक साधारण सभा तथा नयाँ कार्य समितिका लागि भएको निर्वाचनको मतदान कार्य शनिबार सकिएको जानकारी दिएको हो। मतदान सकिएसँगै शनिबार साँझ मतगणना पनि सुरु भएको छ।

समितिका अनुसार जिल्ला नगर, वस्तुगत र एसोसियटतर्फको सबै मतदान कार्य सकिएको छ। मतदान कार्य बिहान ८ बजेदेखि सुरु भएर अपरान्ह ४ बजे सकिएको हो।महासंघमा देशभरका १०५ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघहरु सदस्य छन्। जिल्लानगरतर्फ शतप्रतिशत मतदान खसेको छ।

यस्तै निर्वाचनमा वस्तुगततर्फ तथा एसोसियटतर्फ पनि शतप्रतिशत मत खसेको छ। महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् ।महासंघमा १०३ वटा वस्तुगत संघ र १८ वटा द्विदेशीय उद्योग वाणिज्य संघ छन् ।

मतदान कार्य सम्पन्नपछि मतपेटिका प्रज्ञा प्रतिष्ठानमा लगेर गणना सुरु गरिएको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्यौपानेले जानकारी दिए।महासंघको विद्यान अनुसार महासंघको वरिष्ठ उपाध्यक्ष पदमा रहेका शेखर गोल्छा स्वतःअध्यक्ष हुनेछन्। जसले गर्दा महासंघमा वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनलाई निकै महत्वका साथ हेरिन्छ।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्र प्रसाद ढकाल तथा किशोर प्रधान भिडिरहेका छन्।ढकालको प्यानलमा एसोसिएट उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ र जिल्लारनगरतर्फ गुणनिधि तिवारीले छन्। उनको प्यानलाई भवानी राणाको साथ छ।

यस्तै किशोर प्रधानको प्यानलमा एसोसिएट तर्फको उपाध्यक्ष पदका लागि सौरभ ज्योति, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र जिल्लारनगरतर्फको उपाध्यक्षका लागि दिनेश श्रेष्ठ छन्। उनलाई अब बन्न लागेका अध्यक्ष शेखर गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारकाको साथ छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू