अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

प्रिमियर लिग– न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गर्यो

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३९ मा प्रकाशित

इङ्गलिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।गएराति भएको खेलमा न्युकासलले क्रिस्टललाई २–० गोल अन्तरले पराजित गरेको हो ।अबे मैदानमा भएको खेलको अन्तिम समयमा भएका दुई गोल नै निर्णायक बनेका हुन् ।

न्युकासललाई जित दिलाउन कलुम विल्सन र जोलिनटनले एक एक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको अन्तिम तीन मिनेट भित्र दुई गोल गर्दै न्युकासलले जित निकालेको हो । खेलको ८८ औं मिनेटमा विल्सनले गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा जोलिनटनले गोल गर्दै न्युकासललाई २–० को जित दिलाए ।

उनको यो पहिलो प्रिमियर लिग गोल हो । जितसँगै न्युकासलले १० खेलमा १४ अंक जोडेको छ । न्युकासल दसौं स्थानमा उक्लिएको छ । क्रिस्टल १३ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू