अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

फेवाताल सिमांकनको काम तीन महिनाभित्र सकिनेछ – मुख्यमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३५ मा प्रकाशित

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको फेवातालको सिमांकनको काम तीन महिनाभित्र सक्ने आश्वासन दिनु भएको छ ।पोखरा पर्यटन परिषदको ११ औं अधिवेशनको उद्घाटन गर्दै उहाँले लामो समयदेखि विवादितरुपमा रहेको सिमांकनको काम सकेर मुआब्जा वितरण गरीने बताउनुभयो ।

नेपाल ट्रस्टको स्वामित्वमा रहेको ठाउँलाई पर्यटन स्थलको रुपमा विकास गर्ने उहाँको भनाई थियो ।मन्त्री गुरुङले सरकारले ल्याएको मौद्रिक नीति राम्रो भए पनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुभयो ।उहाँले पूर्वराजाहरुले प्रयोग गर्दै आएको फेवाताल किनारमा अवस्थीत हिमागृह, रत्न मन्दिर सर्वसाधरणका लागि तीन महिनाभित्र खुला गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू