अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०५ | Colorodo: 19:20

कुनै बहानामा महाधिवेशन रोकिनुहुन्न, सचेत भएर महाधिवेशनका लागि जुटौं – डा.कोइराला

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । चिकित्सक समेत रहेका उनले भाईरस अझै केही समय रहिरहन सक्ने बताउककदै यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहने बताउनुभयो । कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गर्नुभयो ।

नेपाली कांग्रेस सुनसरी–काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा डा. कोइरालाले सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेकोले व्यवस्था नै गुम्छ की भन्ने आशंका शुरु हुन थालेको बताउनुभयो । यस्तो बेलामा महाधिवेशन मार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक रहेको उहाको भनाई छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू