अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४० | Colorodo: 12:55

नेपालमा कोरोनाबाट थप १९ जनाको मृत्यु, १ हजार ३ सय ८० संक्रमित थपिए

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३० मा प्रकाशित

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाइरसको संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ५४ पुगेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरमा ५ सय १५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ । हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू