अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

प्रिय मन कस्तो थियो ?

माधव सिवाकोटी २०७७ मंसिर १२ गते ८:५७ मा प्रकाशित

यो घर उभिँदै गर्दा हाम्रो कत्रो शान थियो ।
ओत लाग्ने मात्रै हैन त्यो माटो को पहिचान थियो ।।

दिनभरि दुख्ख गरी बेलुका न्यानो आभास थियो ।
हावाहुरी,घामपानीमा,सुरक्षा र माया दियो ।।

मेरो घर त्यही हो भन्ने अभिमान त छदै थियो ।
भूकम्पको एक धक्का ले कहाँ कहाँ पुर्‍याइदियो ।।

धन्न मेरो क्यामराले नलड्दैमा फोटो लियो ।
छोरा, नाति, पनातिलाई फोटो मात्रै नासो दियो ।।

कतै देशको नक्सा पनि घरकै जस्तो हुने हो कि ?
भावी सन्तानले सोध्लान् बाबा यो देश कस्तो थियो ?

प्रतिक्रिया