अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

“प्रचण्डले धेरै सहनुभयो, अब पनि सहे पार्टीलाई अप्ठ्यारो पर्छ” – नेकपा नेता वर्षमान पुन

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ५:५५ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवम् ऊर्जा मन्त्री वर्षमान पुनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले अहिलेसम्म धेरै कुरा सहेर बसेको बताउनुभएको छ । पत्रकारसंग कुराकानी गर्दै उहाँले अब पनि सहने हो भने पार्टीलाई नै अप्ठ्यारो पर्ने बताउनुभयो ।

साढे दुई वर्षसम्म प्रचण्डले सबै कुरा सहेर बसेको उल्लेख गर्दै नेता पुनले जनताको साझा अभिमत दुई पार्टीले पाएको भए पनि त्यसलाई सम्मान नगरिएको बताउनुभयो । त्यसो नहुँदा पनि प्रचण्डले सहेरै आईरहेको उल्लेख गर्दे पुनले अहिले अति नै भएपछि अध्यक्ष प्रचण्डले आफ्नो आक्रोश र भावना राजनीतिक प्रस्तावमार्फत् पेस गर्नुभएको स्पष्ट पार्नुभयो ।

धेरै कुरा सहेर आएको तर अब सहँदा आन्दोलन र समग्र पार्टीलाई नै अप्ठ्यारो पर्ने उहाँको ठहर छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीविरूद्ध या अरू कोहीका विरूद्धभन्दा पनि कम्युनिष्ट आन्दोलन अघि बढ्न पर्छ भन्ने सोचाइबाट प्रचण्डको पछिल्लो प्रतिवेदन आएको पुनले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू