अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

विश्वभर ४ करोड २५ लाख २७ हजार ४ सय कोरोना संक्रमित उपचारपछि निको

बिआरटीनेपाल २०७७ मंसिर १२ गते ५:५४ मा प्रकाशित

विश्वभर हालसम्म ४ करोड २५ लाख २७ हजार ४ सय ७४ जना कोरोना भाइरसका संक्रमित निको भएका छन् । विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभरमा हाल कोरोना संक्रमितको संख्या ६ करोड १४ लाख ५० हजार ३ सय २२ पुगेको छ । हालसम्म कुल सङ्क्रमितमध्ये १४ लाख ४० हजार ६ सय ५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेपनि १ करोड ७४ लाख ८२ हजार २ सय ४३ संक्रमित सक्रिय अवस्थामै रहेका छन् । ती मध्ये १ लाख ५ हजार ६ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् । यसैगरी, १ करोड ७३ लाख ७७ हजार २ सय ३७ जनामा मध्यमस्तरको संक्रमण रहेको छ । अमेरिकामा अहिलेसम्म १ करोड ३२ लाख ४९ हजार ४ सय ४७ जना संक्रमित भएका छन् भने २ लाख ६९ हजार ५ सय ९७ जनाको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार, भारतमा ९३ लाख ९ हजार ८ सय ७१ जना संक्रमित हुँदा १ लाख ३५ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । त्यसैगरी ब्राजिलमा अहिलेसम्म ६२ लाख ४ हजार ५ सय ७० जना संक्रमित भएका छन् भने १ लाख ७१ हजार ४ सय ९७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू