अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

साउदी अरेबियामा कोरोना भाइरस संक्रमित ८८ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १२ गते १:४५ मा प्रकाशित

साउदी अरेबियामा  कोभिड १९ का कारण  हालसम्म ८८  जना नेपालीको मृत्यु भएको छ। दुतावास रियादका अनुसार ७२  जना र वाणिज्य दुतावास जेद्धाका अनुसार १६  जना गरी ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो। दुतावासले चार्टड उडानबाट २ सय ८  शवहरु समेत पठाएको छ।

साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाको  सहयोगार्थमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेक  १ हजार २  सय ८८ जना नेपालीलाई वहिर्गमन भिषा  जारी गरेको छ  भने दुतावासले  पासपोर्ट  नविकरणको लागी आफ्नो  फेसबुक  पेजमार्फत आवश्यक विवरणसहित  अनलाइन  फारमको व्यवस्था गरेको छ ।

साउदी अरेबियामा कोरोना भाइरसको असरले गर्दा  स-साना तथा मझौला कम्पनी बन्द हुने अवस्था रहेकाले  नेपाली कामदार स्वदेश फिर्ता हुने संख्या दैनिकी रूपमा  बढ्दो छ। हालसम्म  कोभिड १९ को असर लगाएत अन्य  कारणले अलपत्र परेका २०  हजार ३  सय ६  जना  नेपाली चार्टड उडान द्वारा  स्वदेश फिर्ता भएका छन्।

साउदीमा कोरोना भाइरसबाट  हालसम्म ३  लाख  ५६ हजार  ३ सय  ८९ जना  संक्रमित हुनुको साथै  ५  हजार  ८ सय  ४० जनाको मृत्यु भएको छ भने ३ लाख  ४५  हजार २ सय १५ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू