अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४३ | Colorodo: 09:58

नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुर्याउन राष्ट्रपति भण्डारीको आग्रह

बिआरटीनेपाल २०७७ मंसिर १२ गते १:२४ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्याउन भारतीय पक्षसँग आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफूसँग शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगललालाई राष्ट्रपति निवास शीतल निवासमा भेट दिँदै उक्त आग्रह गर्नुभएको हो ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले द्विक्षीय आपसी हित र परस्पर सम्बन्धलाई थप गतिशील र उचाइमा लान राष्ट्रपतिले आग्रह गर्नुभएको जानकारी दिनुभयो । श्रृगलको भ्रमणका दौरान दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता समेत भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू