अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३३ | Colorodo: 13:48

डिएगो म्याराडोनाको अन्तिम बिदाई

बिआरटीनेपाल २०७७ मंसिर १२ गते १:१२ मा प्रकाशित

विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको पार्थिव शरीर एक निजी समहारोकाबिच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टि गरिएको छ ।६० वर्षका म्याराडोनाको गएको बुधबार हृदयघातका कारण निधन भएको थियो । उनको निधनपछि विश्वभरका फुटबल फ्यानहरु शोकमा छन् ।अर्जेन्टिनामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।

बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्या, आफन्त र नजिकका साथी गरि झण्डै दुई दर्जन मानिस सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तर उनको कफिन लगिँदै गर्दा ठूलो संख्यामा उपस्थित भएका फ्यानहरुले उनको अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए । उनीहरुले म्याराडोनाको कफिन तर्फ चुम्बन गरेका थिए ।

विश्वभर शोकको अवस्था रहे पनि राष्ट्रिय हिरोका रुपमा लिइने अर्जेन्टिनामा शोक अति गहिरो छ ।म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भिड अत्याधिक हुँदा प्रहरीले अश्रु ग्यास र रबर बुलेट समेत प्रहार गरेको थियो ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घर म्याराडोनाको पार्थिव शरीर गाडिएको हो ।घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए । उनले सो विश्वकपमा इंग्ल्याण्ड विरुद्ध हातको सहायताले गरेको गोल निकै चर्चित छ । सोही गोलका कारण म्याराडोनलाई ‘ह्याण्ड अफ गड’ का रुपमा लिने गरिन्छ । उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू