अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:११ | Colorodo: 16:26

जाडोमा खानुस् अदुवाको चिया, यस्ता छन् फाइदा

बिआरटीनेपाल २०७७ मंसिर १२ गते १:११ मा प्रकाशित

यतिबेला जाडो मौसम शुरु भइसकेको छ । यस मौसममा चिसोबाट कसरी बच्ने भन्ने चिन्ता सबैलाई लाग्छ । जाडो समयमा चिसोबाट बच्न अनकौँ उपाय छन्, त्यसमध्ये एक अति महत्वपूर्ण उपाय हो अदुवाको चिया ।

जोडो मौसममा शरीरलाई न्यानो बनाउन अदुवाको चियाले निकै महत्वपूर्ण काम गर्छ । यसले शरीरलाई न्यानो बनाउने मात्र नभई स्फूर्ति प्रदान गर्नुका साथै स्वास्थ्यका हिसाबले समेत याे लाभदायी मानिन्छ ।

अदुवाको चियाका फाइदाहरु:
–दैनिक अदुवाको चिया पिउँदा मानिसलाई तनाव कम हुने र शरीलाई उर्जा प्राप्त हुन्छ ।

–श्वासप्रश्वासको समस्याका समाधानका लागि अदुवाको चिया लाभदायी हुन्छ ।

–अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार सहज बनाउँछ।

– अदुवा हृदयाघात र मुटुरोगीका लागि समेत गुणकारी भएकाले पनि अदुवाको चिया दैनिक सेवन गर्नु फाइदाजनक हुन्छ।

–अदुवाको चियाले हड्डी तथा बाथरोगका बिरामीलाई आराम मिल्छ ।

–अदुवाले पाचन प्रक्रियामा सुधार ल्याउने र शरीरलाई अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्न मद्यत गर्ने भएकाले पनि यसको चिया लाभदायी हुन्छ ।

– अदुवाले एन्टिअक्सिडेन्टको मात्रा बढाउँछ  र शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू