अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

गुल्मीमा जीप दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १२ गते १:०१ मा प्रकाशित

गुल्मीको इस्मा गाउँपालिकामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जीप शुक्रबार बिहान इस्मा –४ अन्तर्गत हुल नजीकै दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा–४ का ६५ वर्षीय डम्बरबहादुर धिताल, ३३ वर्षीय चित्रबहादुर दर्लामी र धनबहादुर अछामी, ३० वर्षीय वसन्त दर्लामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले बताउनुभयो ।

घाइते तीनमध्ये इस्मा–४ का १९ वर्षीय फर्सुराम थापालाई भने उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइपुर्याए पनि बाटामै मृत्यु भइसकेको गुल्मी अस्पतालका प्रमुख डा.उत्तम पाच्यले जानकारी दिनुभयो ।

दुर्घटनामा परी घाइते इस्मा–४ की २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको अहिले गुल्मी अस्पतालमा उपचार भइरहेको छ । दश यात्रु बोकेर सदरमुकामतर्फ आउँदै गरेको जीप ब्रेकफेल भई दुर्घटना हुँदा सडकबाट ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू