अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१२ | Colorodo: 15:27

बिश्व प्रसिद्ध फुटबल हस्ती म्याराडोनाको निधन, विश्व फुटबल जगत शोकाकुल

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१० मा प्रकाशित

बिश्व प्रसिद्ध फुटबल हस्ती डिएगो अर्मेन्डो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । म्याराडोनाको अर्जेन्टाइनी राजधानी ब्युनस आयर्सस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ . यही महिनाको शुरुमा मस्तिष्तमा रगत जमेका कारण सफल शल्यक्रिया गरिएका म्याराडोनालाई मदिराको लतबाट हटाउने उपचार सुरु गर्ने तयारी भइरहेको थियो ।

८० को दशकका सफल खेलाडी म्याराडोना विश्वकै अहिलेसम्मका सर्वाधिक सफल र लोकप्रिय खेलाडी मानिन्थे । उनको कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप फुटबल जितेको थियो ।

उनले ३७ वर्षको उमेरमा सन् १९९७ मा खेलाडि जिवनबाट सन्यास लिएका थिए । म्यारोडोनाको सम्मानमा अर्जेन्टिना सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले विश्वमा आफ्नो देशलाई चिनाउन म्याराडोनाले गरेको योगदान सधैं स्मरणीय रहने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू