अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

भारतको तामिलनाडूमा शक्तिशाली आँधी, एक हजार बढीलाई सुरक्षित स्थानमा सारियो

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०९ मा प्रकाशित

भारतको दक्षिणी क्षेत्रमा भारी वर्षापछि आएको शक्तिशाली तुफान निवारका कारण जनजीवन प्रभावित भएको छ । दक्षिण भारतको तमिलनाडु र पोन्डीचेरीको कयौं क्षेत्रहरुमा भारी वर्षा र तीव्र गतिको हावासँगै निवार तुफान प्रवेश गरेकाले सर्वसाधारणलाई सचेत बनाइएको छ ।

आँधीबाट प्रभावित यी क्षेत्रका १ हजार स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारतमा हरेक वर्ष आउने तुफानका कारण सय भन्दा बढीको ज्यान जाने गरेको छ ।यसैगरी यो तुफान चेन्नई र महाबलीपुरमसम्म पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । तुफानका कारण सडकहरु अवरुद्ध हुनुका साथै केही घरका छानाहरु उडाएका छन् ।

ठाउँ ठाउँमा सवारी साधनहरु रुखले थिचिएका छन् । सो तुफान प्रतिघण्टा १ सय २० देखि १ सय ४५ किलोमिटरको दरले आउनसक्ने भन्दै ठूलो नोक्सानी हुनसक्ने भारतिय मौसम विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू