अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५२ | Colorodo: 01:07

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला नेपालमा, दुई देशको सम्बन्ध थप कसरी बढाउने भन्ने बारेमा छलफल हुने

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०४ मा प्रकाशित

भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला दुईदिने भ्रमणका लागि आज नेपाल आउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसंग कुराकानी गर्दै उहाँले दुईदिने नेपाल भ्रमणमा दुई देशबीचको सम्बन्ध थप कसरी अघि बढाउने भन्नेबारे कुरा गर्ने बताउनुभयो । गत वर्ष कात्तिकमा भारतले नयाँ नक्सा जारी गरेकोमा यही वर्षको सुरुमा नेपालले पनि आफ्नो नयाँ नक्सा जारी गरेपछि दुई मुलुकबीच विवाद बढेको थियो ।

विदेश सचिव श्रृंगलाले नेपालमा आउँदा अत्यन्तै खुसी लागेको भन्दै आफू पहिले पनि काठमाडौं आएको बताउनुभयो श्रृंगलाले भारत र नेपाल निकटतम मित्र रहेको उल्लेख गर्दै म्रमणको क्रममा दुईपक्षीय छलफलहरू गर्ने बताउनुभयो ।

उहाँले नेपाल आएपछि सबैभन्दा पहिला परराष्ट्र सचिव भरतराज पौडेल, त्यसपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग र अन्य उच्च भेटघाट गर्नुभएको छ । श्रृगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति बिद्यादवी भण्डारीसंग शिष्टाचार भेट गर्नुभएको छ । श्रृंगलाले शुक्रबार भर्चुअल माध्यमबाट भारत–नेपाल मैत्री विषयमा धारणा राख्नुहुनेछ । शुक्रबार दिउँसो उहाँ गोरखा जाने कार्यत्रलम छ जहाँ उहाँले भारत सरकारको सहयोगमा बनाइएका भूकम्पपीडितका घरको अवलोकन गर्नुहुनेछ ।

त्यहाँ ५० हजार घर बनाइदिने प्रधानमन्त्री नरेन्द्र मोदीको वाचाअनुसार हालसम्म ४० हजार घर बनिसकेका छन् । श्रृंगलाले भारतको सहयोगमा बनाइएका तीनवटा विद्यालय र मनाङमा एउटा बौद्ध गुम्बाको उद्घाटन पनि गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू