अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०५ | Colorodo: 02:20

एनआरएनए भावी नेतृत्व चयनका विषयमा जनसम्पर्क समितिहरु आन्तरिक तयारीमा

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:२२ मा प्रकाशित

बिदेशस्थित नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समितिले पार्टीको १४ औं महाधिवेशन र गैर आवसीय नेपाली संघ(एनआरएनए)नेतृत्वका लागि आवश्यक परामर्श र समन्वयका लागि गृहकार्य सुरु गरेको छ । विश्वभर ३५ भन्दा बढी देशमा विस्तार भएको जनसम्पर्क समितिले हालै अध्यक्षहरुबीच भर्चुअल बैठकको आयोजना गरी आफ्नो अधिवेशन र एनआरएनएको भावी नेतृत्व चयनका लागि आवश्यक तयारी थालेको जनाएको छ ।

२३ देशका अध्यक्ष तथा प्रतिनिधीहरु सहभागी हालैको बैठकमा एनआरएनए निर्बाचनमा सकृय भूमिका सहितको सहभागिता, जनसम्पर्क समितिहरुको हक हितका साथै बिद्यमान समस्याहरुलाई समन्वय बिभाग मार्फत पार्टीलाई अबगत गराउने साथै आपसी एकता र मेलमिलापको बातावरण तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय नेपाली जनसम्पर्क समिति,अमेरिकाका अध्यक्ष आनन्द विष्ट र नेपाली जनसम्पर्क समिति,भारतका अध्यक्ष बालकृष्ण पाण्डेको संयुक्त पहलमा भएको बैठकमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने गरी एक समन्वय टीम क्रियाशील गर्ने निर्णय पनि गरेको छ ।

हाल एनआरएन गठन रहेका सबै देशको एनसीसी र आगामी आइसीसी नेतृत्वमा कांग्रेस र जनसम्पर्क समितिमा आवद्ध एवं क्रियाशील रहेकाहरुलाई नेतृत्व स्थापित गर्नका लागि सबैखाले पहल गर्ने निर्णय पनि गरेको छ । यसका लागि एनआरएन अभियन्ता र जनसम्पर्क समितिको विभिन्न भूमिका रहेकाहरुको एक बृहत कार्यदल गठन गर्न केन्द्रसँग परामर्श गर्ने पनि जनाएको छ ।

भर्चुअल बैठकमा एनआरएन र र नेपाली जनसम्पर्क समितीसँग आबद्ध र अनुभबी ब्यक्तीहरु सहभागी हुनेगरी तत्काल छलफल र बैठक शुरु गर्ने, जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन पहल गर्ने, विश्वभर छरिएर रहेका लोकतान्त्रिक पक्षधर नेपालीहरुको योग्यता, क्षमता र बिज्ञता हासिल गरेका व्यक्तिहरुको पहिचान गरि उनीहरुको अनुभवलाई पार्टी र मातृभूमिको हितका लागि सदुपयोग गर्न विश्वब्यापीरुपमा पहल गर्ने पनि निर्णय गरिएको छ ।

आगामी बर्ष हुन लागेको एनआरएनए ग्लोबल सम्मेलनमार्फ नेतृत्व चयनका लागि सक्षम र योग्य उम्मेदवारको छनोटका लागि गृहकार्य पनि तत्कालै थाल्ने पनि छलफल भएको छ । एनआरएनएको आगामी नेतृत्वका लागि अध्यक्षका रुपमा पूर्व उपाध्यक्ष कुल आचार्यले तयारी गरिरहनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू