अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

च्याम्पियन्स लिगमा शिर्ष क्लबहरु बार्सिलोना, चेल्सी, युभेन्टस र सेभिया नक–आउट चरणमा प्रवेश

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:२१ मा प्रकाशित

शिर्ष क्लबहरु बार्सिलोना, चेल्सी, युभेन्टस र सेभिया युरोपियन च्याम्पियन्स लिग फुटबलको नक–आउट चरणमा प्रवेश गरेका छन् । गएराती भएको समुहका चौथो चरणका खेलहरु जित्दै यी चार टोलीले प्रतियोगिताको ‘राउण्ड अफ सिक्सटिन’ मा ठाउँ बनाएका हुन् ।

समुह ‘जि’ को खेलमा युक्रेनको डाईनामो किभलाई ४–० ले हराउँदै बार्सिलोना नक आउट चरणमा उक्लियो । सोही समुहको अर्को खेलमा हंगेरीको फेरेन्कभारोसलाई २–१ ले हराउँदै युभेन्टस पनि अर्को चरणमा पुग्यो । समुहका ४ खेलबाट बार्सिलोनाको १२ तथा युभेन्टसको ९ अंक भएको छ ।

युएफा च्याम्पियन्स लिगको समुह ‘ई’ बाट चेल्सी र सेभिया नकआउट चरणमा पुगेका छन् । गएरातिको खेलमा फ्रान्सको रेनेजलाई २–१ ले हराउँदै चेल्सी तथा रुसको एफसी क्रस्नोडारलाई २–१ ले हराउँदै सेभिया राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।

च्याम्पियन्स लिगकै अन्य खेलहरुमा जर्मनीको बोरुसिया डर्टमण्डले बेल्जियमको क्लब ब्रुजलार्ई ३–० ले हराउँदा इटालीको लाजियोले रुसको जेनिथलाई ३–१ ले पाखा लगायो । यसैगरी समुह ‘एच’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर युनाईटेडले टर्कीको इस्तानबुल बशाक्शेरलाई ४–१ ले पराजित गर्दा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मनीको आरबी लेप्जीगलाई १–० ले पराजित गरेको छ ।

प्रतिक्रिया