अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४७ | Colorodo: 02:02

अफगानिस्तानमा दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट, १७ को मृत्यु, ५० घाइते

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:१७ मा प्रकाशित

अफगानिस्तानको बामियान सहरको व्यस्त बजारका दुई छुट्टा छुट्टै स्थानमा बम बिस्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । बिस्फोटमा परी ५० जना घाइते भएका छन् । सहरको व्यस्त भागमा गराइएको बिस्फोटमा परेर सुरक्षाकर्मी, ट्राफिक प्रहरी र केही सर्वसाधारणकोसमेत मृत्यु भएको स्थानीय प्रहरीहरुले जनाएका छन् ।

बम बिस्फोटको हालसम्म कसैले जिम्मेवारी नलिएपनि लामो समयदेखि विद्रोह जारी राखेको तालिवानी समूहको संलग्नता हुनसक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार शान्ति सेनको प्रयासका बाबजुद पनि सरकारी सेना र तालिवानी लडाकूको शक्ति संघर्षका कारण यो वर्षको नौ महिनामा ६ हजार भन्दा बढी अफगान नागरिक मारिनकाु साथै घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू