अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी , आज मात्रै १ हजारले सस्तियोे

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:१६ मा प्रकाशित

सुनको भाउ लगातार आरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । आज सुनको प्रतितोला मूल्य १ हजार रुपैयाँले सस्तिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला १ हजार ८ सय रुपैयाँले सुनको भाउ घटेको थियो । महासंघले आजको कारोबारका लागि छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यस्तै तेजावी सुनको कारोबार मूल्य ९१ हजार रुपैयाँ छ । मंगलबार छापावल सुनको भाउ ९२ हजार ५सय र तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले सस्तिएको छ । मंगलबार १ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदीको आज भाउ १ हजार १७५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू