अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

कोरोना भाइरस कोभिड १९ का कारण थलिएको क्यानोनिङ पर्यटन व्यवसायले विस्तारै गति लिदै

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:१५ मा प्रकाशित

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९, घलेलमा रहेको पोखरा क्यानोनिङ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गन्तव्य बन्दै गएको छ । असोज १ गतेबाट सञ्चालनमा आएको क्यानोनिङ दसैँतिहारपछि भने व्यस्त हुन थालेको छ । हजारौँको संख्यामा क्यानोनिङ गर्नेस्थल पोखरा क्यानोनिङ कोरोना कहरका कारण पहिलाको अवस्थामा आउन भने केही समय लाग्ने निश्चत छ ।

यद्यपि लकडाउनपछिको समयावधिमा करिब २ सय जनाले क्यानोनिङ गरेका छन् । प्रकृतिसँग रमाउन आउने मानिसहरुको संख्या लकडाउनपछि बढे पनि कोरानाअघिको अवस्थामा फर्किन अझै केही समय लाग्ने पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङले बताउनुभयो ।

कोभिड संक्रमणको जोखिमका कारण प्रतिदिन १० जनाको मात्रै अर्डर लिने गरिएको उहाँको भनाई छ । क्यानोनिङ गर्न जानेहरुले स्यानिटाइजर, मास्क र भौतिक दूरी कायम गर्नेलगायत स्वास्थ्य सुरक्षाका उपाय अपनाउने गरिएको पनि गुरुङले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू