अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

पोखरामा राजावादीहरुको बृहत प्रदर्शन

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:१३ मा प्रकाशित

पोखरामा राजावादीहरुले बृहत प्रदर्शन गरेका छन् । देशमा अब राजतन्त्रको विकल्प नभएको भन्दै प्रदर्शन गरिएको हो । राष्ट्रिय झण्डासहित उपस्थित उनीहरुले पोखराका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरेका हुन् । पोखराको अमरसिंहचोकबाट शुरु भएको र्याली पृथ्वीचोक, मुस्ताङचोक, लेकसाइड, जिरोकिलोमिटर , सभागृहचोक, न्यूरोड हुँदै मानव अधिकार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीले राजतन्त्र जिन्दाबाद, राजा आऊ देश बचाउ, हिन्दू धर्मको रक्षा गरौं, गणतन्त्र मुर्दावाद, अखण्ड नेपाल जिन्दाबाद, राजसंस्थाको विकल्प छैन जस्ता प्ले कार्ड बोक्नुको साथै बाजागाजासहित पोखरा शहर परिक्रमा गरेका थिए ।

राजावादीको बाक्लो उपस्थिति रहेको र्यालीमा कास्की तथा छिमेकी जिल्ला स्याङ्जा र तनहुँबाट समेत सहभागिता रहेको थियो । प्रदर्शनका क्रममा अप्रिय घटना हुन नदिनका लागि कास्की प्रहरीले कोण सभा र र्यालीमा सुरक्षा मजबुत बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू