अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ कोरोना संक्रमित थपिए, ३ हजार १ सय ४० डिस्चार्ज, २८ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:११ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४८ जना कोरोना संक्रमित भेटिएका छन् ।

हाल देशभर १६ हजार ६ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जनाले कोरोना जितेर संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ । नेपालमा २४ घण्टामा ९ हजार २ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू