अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३२ | Colorodo: 09:47

महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा, कर्फ्यू आदेश जारी

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:१० मा प्रकाशित

बर्दिबासमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनकारीहरुले बर्दिबास नगर प्रमुखको पुत्ला दहन गर्ने क्रममा झडप भएको हो। प्रदर्शनका क्रममा प्रहरीद्वारा करिब एक दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीको भिड तितरबितर भएको छ ।

मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएसंगै आज फेरि आन्दोलन चर्केको हो । सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू