अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

गायक नवीन पौडेलको लेउ खुकुरी लेउ गीत बजारमा

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ९:२८ मा प्रकाशित

देश रोइरहेको छ, जताततै भ्रष्टाचारै भ्रष्टाचार छ, ब्यथितिले सीमा नाघेको छ। राज्य सञ्चालकहरूलाई आफ्नै गुट उपगुट मिलाउँदै ठिक्क छ । दिनदिनै पार्टीका र मन्त्रीपरिषद्का बैठक बस्छन् तर जनता र जनजीविकाको पक्षमा ती बैठकहरू चुइँक्क सम्म बोल्दैनन् । बोल्छन् त केबल आफ्ना आसेपासे आफ्ना गुट, नातागोता अनि आफ्ना गोडा मोल्नेहरूलाई कहाँ कुन पदमा कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर हरेक बैठकहरूमा गलफती गरिरहन्छ । जनता भोकै छन्, रोग भोक र शोकले आक्रान्त छन् तर सरकारलाई मतलब छैन । संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरूलाई पनि सरकारले गर्न सक्दैनौँ भनेर विज्ञप्ति निकाल्छ ।

यही परिवेशलाई समेटेर एउटा गीत बजारमा आएको छ “लेउ खुकुरी लेउ” । यो गीतलाई लोक गायक नवीन पौडेलले परिकल्पना गरेका छन् । उनले गाएको गीत साँच्चिकै समय सान्दर्भिक अनि यथार्थपरक छ ।

बेथिति नै बेथिति छ सुध्रिने हो कहिले
पहिला बरु राम्रै थियो झन् बिग्रियो अहिले-
कोही भन्छन् राजा आऊ देश बचाउ
कोही भन्छन् दलहरूको मति सच्याऊ
मत भन्छु यो देसलाई कायापलट गर्ने धर्ती पुत्र आऊ,
“लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ
भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ”

गीतमा भनिए जस्तै देशमा कुशासन ब्यथिती भ्रष्टाचार ब्यप्त छ। बालुवाटार स्थित ललिता निवास प्रकरण, सत्तरी करोड घुस काण्ड, ओम्नि काण्ड, सुन काण्ड, अपहरण काण्ड, बलात्कार काण्ड यी र यस्तै काण्डै काण्डले जेलिएको शासन व्यवस्था को बिरुद्द गाइएको गीत हो “लेउ खुकुरी लेउ”। यो जनताको वास्तविक आवाज हो।

नेता पुलिस कर्मचारी सबले मिली खाए
कहिले भन्ने होला बरै जनताका दिन आए

कोही भन्छन् राजा आऊ देश बचाउ, कोही भन्छन् दलहरूको मति सच्याऊ मत भन्छु यो देसलाई कायापलट गर्ने सच्चा नेता आउ– “कहिले बन्ला देश जनता कहिले बन्ला देश बुढाखाडा नेताले संन्यास लिएकै बेस”

वास्तविक जनताको आवाज बनेर आएको यो गीत साँच्चिकै सुन्न र हेर्न लायक छ । हुन त गायक पौडेल सामाजिक धारका यथार्थपरक चेतनामूलक गीत सृजना गर्ने र गाउने गायक हुन । यश भन्दा अगाडि करिब बाह्र दर्जन भन्दा बढी गीतहरू पनि यस्तै प्रकृतिका गाइसकेका छन् ।

पल्ला घरका जेठाजुले आइए बिए पढ्छन्
हाम्रा घरका नामर्दत भर्‍याङ चढ्दा लड्छन्-
के सम्झनु छर जान्न मत त्यो घर हुने
मन छर नत माइत न घर,
फुलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो,
हरेक जातजाति छौँ नाना थरी,
ए हजुर सुन्नुभाछ र,

सुदूरपश्चिम घर मेरो लगायत समाजमा घटेका घटना परिघटना एवम् यथार्थ बिशयबस्तुलाइ गीतमा उतार्न सिपालु गायकले यसपालि साँच्चिकै जनताको आवाज लेउ खुकुरी लेउ लिएर आएका छन् ।

यो गीतमा पौडेलकै शब्द सङ्गीत अनि स्वर रहेको छ । केशव बडुले एरेन्ज गरेको गीतको जीवन्त भिडियो विष्णु भट्टराईले तयार गरेका छन् । यो गीत रेकर्डिङ भए देखि नै बजारमा नल्याउन दबाब खेपिरहेका गायक पौडेलले यसपालि प्रस्तुत गरेका हुन । यो गीत उनको आफ्नै युट्युब च्यानल नवीन पौडेलबाट बजारमा पठाएका छन् ।

प्रतिक्रिया