अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

अनुभव बने अनलाइन टयालेन्ट शोको विजेता, नित्या शर्मा बनिन् सेकेन्ड रनर अप

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ८:४९ मा प्रकाशित
काठमाडौँ । अनलाइन टयालेन्ट शोको उपाधि अनुभव थपलियाले चुमेका छन् । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा सम्पन्न भएको अनलाइन टयालेन्ट शोको फस्ट रनर अप नित्या शर्मा बन्दा सेकेन्ड रनरअपको उपाधि खावात सुब्बाले जित्न सफल भएका छन् ।
त्यस्तै थर्ड रनरअपको उपाधि खगेन्द्र अधिकारीले कब्जा गरेका छन् भने फोर्थ रनरअपको उपाधि बिन्दिया खड्काले चुम्न सफल भएकी छिन् ।
कार्यक्रमको अवसरमा बोल्दै अमेरिकाका लागि नेपाली राजदूत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रमा गरिने कामको सरकारले जहिले पनि साथ समर्थन दिने विषयमा जोड दिए ।
त्यस्तै हिमालयन म्युजिक एकेडेमी अध्यक्ष गजमेरले उक्त पुरस्कार कोरोना महामारीको सङ्कट टरेपछि एक भव्य कार्यक्रमको आयोजना गरेर विजेताहरूलाई प्रदान गरिने बताए ।
प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतीयलाई क्रमशः १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कारको पनि व्यवस्था गरिएको छ । कार्यक्रममा जजका रूपमा नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलु, सन्तोष रामदाम र गोपी दाहाल रहेका छन् ।
प्रतिक्रिया