अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३९ | Colorodo: 01:54

भारततर्फका सीमा नाका खोल्न सरकारसंग जसपाको माग

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:५० मा प्रकाशित

कोरोना नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लक डाउन गरेसँगै सरकारले सीमित सीमा नाकालाई मात्रै खुला गर्दै आएको छ। भारत र चीनतर्फ गरी अहिलेसम्म १० वटा मात्र सीमा नाका सञ्चालनमा रहेका छन्। जसपाले लामो समय सीमा बन्द हुँदा अर्थतन्त्रमा प्रत्यक्ष असर परेको र तराईं मधेका जनताको जनजीवन कष्टकर बनेको उल्लेख गर्दै सरकारले बन्द रहेका नाका खोल्न आग्रह गरेको हो।

मंगलबार जसपाको दुवै अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै तत्काल सीमा बन्देज हटाउन आग्रह गरेका छन्।

उनीहरुले भनेका छन्, ‘लामो समयदेखि सीमानाका बन्द गरिएका कारणले मुलुकको अर्थतन्त्र धराशयी हुनुका साथै सीमा क्षेत्र खाशगरी तराई मधेशका जनताको जीवन अत्यन्त कष्टकर हुन गएको छ। जनताको कृषि शिक्षा, स्वास्थ्य उपचार, रोजगार, आर्थिक सामाजिक आदि गम्भीर समस्याहरु देखापरिरहेका छन्। तसर्थ, जनताको जीवनलाई थप कष्टकर बन्न नदिन सरकारले भारतसँग जोडिएका सीमानाकालाई तत्काल खुला गरी व्यवस्थित र सहज गर्नु पर्दछ।’ जसपाले पूर्व तयारी विना सीमा नाका मात्र बन्द गर्नु औचित्यहिन भएको ठहर गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू