अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

बाइडनलाई संक्रमणकालीन सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार, हार स्वीकार्न अझै आलटाल

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:४६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्ततः निर्वाचित राष्ट्रपति जो बाइडनलाई संक्रमणकालीन शक्ति हस्तान्तरणका लागि सहमति जनाउनुभएको छ ।चुनाव हारेर पनि पराजय अस्वीकार गर्दै सत्ता नछाड्ने अडानमा रहनु भएका ट्रम्प आफ्ना सबै प्रयास असफल हुन थालेपछि बल्ल बाइडन प्रशासनलाई सत्ता हस्तान्तरणको प्रक्रिया थाल्न तयार हुनुभएको हो ।औपचारिक रुपमा बाइडनलाई शक्ति हस्तान्तरणको संक्रमणकालीन प्रक्रिया थाल्न ट्रम्प तयार हुनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

मुख्य संघीय निकायहरुलाई ‘जे गर्न आवश्यक पर्ने हो त्यो गर्नु’ भनेर आदेश दिइसकेको ट्रम्पले उल्लेख गर्नुभएको छ । यो भनाइसँगै पहिलो पटक ट्रम्पले हार स्वीकार्नु भएको टिप्पणी गरिएको छ ।जनरल सर्भिस एडमिनिष्ट्रेसनले पनि बाइडनलाई देखिने जीत हासिल भएको जानकारी गराएको जनाएको छ । मिसिगनमा बाइडनले जितेको औपचारिक रुपमा प्रमाणित गरेपछि ट्रम्पका मुद्दा मामिलाको अर्थ पनि सकिँदै गएको हो ।

प्रशासक एमिली मर्फीले राष्ट्रपति निर्वाचितका लागि ६ दशमलव ३ मिलियनको कोष उपलब्ध गराएको जानकारी दिनुभएको छ ।असली संघर्ष जारी राख्ने भन्दै ट्रम्पले भन्नुभएको छ, ‘फेरि पनि, हाम्रो देशको सर्वोत्तम हितका लागि, एमिली र उनको टीम प्रारम्भिक प्रोटोकलका सम्बन्धमा के गर्न जरुरी हो, त्यसका लागि मलाई बताउन्, त्यही गर्नका लागि म मेरो टीमलाई सिफारिश गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू