अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

कोरोनाविरुद्धका खोपहरु वितरणमा विभेद हुनसक्ने भन्दै डब्लुएचओद्धारा चिन्ता ब्यक्त

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:३६ मा प्रकाशित

अमेरिकालगायतका विभिन्न मुलुकले कोरोनाविरुद्धका खोपहरु परीक्षण गरिरहेका बेला यसको वितरणमा हुने विभेदलाई लिएर चिन्ता हुन थालेको छ । सबैभन्दा प्रभावित समुदाय र गरिब व्यक्तिमा यो खोपको सर्वसुलभता र पँहुच पुर्याउन चुनौती रहेको सरोकारवालाहरुले औंल्याएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेङेडस अधानोम गेब्रेयसियसले खोपको समान रुपमा वितरण हुनुपर्ने बताउनुभएको हो । उहाँले संसारभर प्रभावित रहेका नागरिकलाई सहज रुपमा कोरोनाविरुद्धको खोप पुर्याउन करोडौं डलरको साझा कोषको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले विभिन्न खोपको सफल जारी रहेकाले उक्त खोप वितरणका लागि अहिले नै तयारीमा जुट्न आवश्यक रहेका बताउनुभएको हो ।

अमेरिकाको अक्सफोर्ड विश्वविद्यालले परीक्षण गरीरहेका विभिन्न खोपहरुको प्रभावकारीता बढी रहेको यसअघि नै सार्वजनिक भइसकेको छ । ती खोपहरुले ९० प्रतिशतसम्म प्रभावकारीता देखाएको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् । डब्ल्एचओका प्रमुख डा टेड्रोसले भ्याक्सीनको परीक्षणले ल्याउन सकारात्मक नतिजाको प्रतीक्षामा आफू रहेको बताउनुभएको छ ।

यसअघि कुनै पनि खोपहरु छोटो समयमा विकसित नभएको भन्दै उहाँले कोरोनाविरुद्धको खोपको प्रभावकारीताका बारेमा अझै अनुसन्धान जारी रहेको बताउनुभयो । डब्लुएचओले यसअघि देखि नै कोरोना महमामारीविरुद्धको लडाइ सामुहिक रुपमा हुनुपर्ने बताउँदै आएको छ ।

उसले धनी र शक्तिशाली राष्ट्रहरुले गरिब र पीडित नागरिकहरुको उपचारका लागि प्रथमिकता दिनुपर्नेमा जोड दिँदै आएको छ ।पछिल्लो तथ्यांकअनुसार भारत, युरोपियन युनियन, अमेरिका, क्यानडा र बलायतले कोरोनाविरुद्धको खोपान बढी चासो देखाएका छन् ।यता डब्लुएचओले कोरोना खोपको समान रुपमा वितरण हुनुपर्ने बताउँदै आएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वभर उक्त खोप वितरण थाल्ने डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू