अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१२ | Colorodo: 21:27

सचिवालय पेश भएको प्रस्तावबारे प्रचण्डको प्रष्टिकरण, न्यायालयको मर्यादा र गरिमामाथि आँच आउने गरी प्रश्न नउठाएको स्पष्टोक्ति

बिआरटीनेपाल २०७७ मंसिर ९ गते ६:३० मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सचिवालय बैठकमा पेश गरेको आफ्नो राजनीतिक प्रस्तावमा न्यायालयको मर्यादा र गरिमामाथि आँच आउने गरी प्रश्न नउठाएको स्पष्ट पार्नुभएको छ । प्रचण्डको प्रस्तावले न्यायपालिकाको मर्यादामा आँच आएको टिप्पणी भएका बेला उहाँको सचिवालयले त्यसको खण्डन गरेको हो। सचिवालयले मंगलबार विज्ञप्ति जारी गरेर त्यस्तो टिप्पणीको खण्डन गरेको हो।

यही कार्तिक २८ गते पार्टीको सचिवालय बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा न्यायपालिकाको मर्यादा र गरिमामाथि नभई बाहिर चर्चामा आएको विषयको आधारमा प्रधानमन्त्रीको न्यायपालिका सम्बन्धी धारणाबारे स्पष्ट हुन मात्र खोजेको र स्वतन्त्र न्यायपालिका र यसका सम्माननीय प्रमुखसँग त्यसको कुनै सम्बन्ध नरहेको कुरा अध्यक्ष कमरेड प्रचण्डले स्पष्ट पार्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू